तपाईँ सुन्दै हुनुहुन्छः

आयोजक सुदूरपश्चिम–११ खप्तड गोल्डकपको सेमिफाइनल प्रवेश

धनगढी । आयोजक सुदूरपश्चिम–११ स्पोर्ट क्लब धनगढीमा जारी मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलवार धनगढी रङ्गशालामा भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ४–० गोल अन्तरले हराउँदै सुदूरपश्चिम-११ अन्तिम चारमा प्रवेश गरेको हो ।

सुदूरपश्चिम–११ लाई सेमिफाइनलमा पुर्‍याउन आयुष श्रेष्ठले ह्याट्रिक गोल गरे । यस्तै स्वामी हार्दिकले एक गोल गरेका गरे । तीन गोल गरेका श्रेष्ठ म्यान अफ दि म्याच भएर नगद दश हजार हात पारे ।

सुदूरपश्चिम(११ ले अब थ्री स्टार क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । सो खेल चैत १६ गते हुने आयोजकले जनाएको छ । यसैगरी पहिलो सेमिफाइनल खेल बुधबार मनाङ मर्स्याङ्दी र क्यामरुनको एभिनर फुटबल क्लबबिच हुने छ ।

मोफसलको सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल चैत्र १८ गते हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button