चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाख ११ गते हुने
जुम्ला । आगामी वैशाख ११ गते चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन–२०८० हुने भएको छ ।
विश्व कीर्तिमानी धावक हरि बहादुर रोकायको सम्मान तथा कर्णालीमा खेल पर्यटनको विकास गर्न चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन हुन लागेको हो ।

मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा विगतका तीन वटा संस्करणको सफलतापछि आगामी वैशाख ११ गते कर्णाली खेलकुद क्लबको आयोजना तथा डिभिजन वन कार्यालय जुम्लाको मुख्य प्रायोजनमा धावक रोकायाको सम्मानमा चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन म्याराथनको तयारी तीव्र रुपमा भइरहेको कर्णाली स्पोर्ट क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले बताउनुभयो ।
यस वर्ष प्रतियोगिताका विभिन्न विधाहरूमा २८ जना धावकहरूलाई नगद, मेडल तथा प्रमाण पत्रद्वारा पुरस्कृत गर्ने तयारी छ । जुम्ला–रारा अल्ट्रा म्याराथनको विजेता महिला पुरुष दुवैले नगद १/१ लाख पुरस्कार, प्रमाणपत्र र मेडल पाउने छन् । द्वितीय हुनेले नगद ७५ हजार, तृतीय हुनेले ५० हजार, सान्त्वना हुनेले २० हजार र पाँचौँ स्थानमा आउनेले पनि २० हजार नगदसहित प्रमाण पत्र र मेडल पाउने कर्णाली खेलकुद क्लबका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।
त्यस्तै विद्यार्थीबिच ५ किलोमिटर दुरीको छोटो दौड प्रतियोगिता पनि हुने छ । जसमा प्रथम हुनेले ५ हजार नगद सहित पुरस्कार पाउने छ । भने क्रमशः द्वितीय, तृतीय हुनेले ३ र २ हजार नगद र मेडल प्रमाण पत्र पाउने छन् ।
प्रतिक्रिया राख्नुहोस्