ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्बोधन गर्न सरोकारवाला निकायसँग आग्रह गरेका छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसंग काठमाडौँको जमलस्थित चेम्बर भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्ष राजेश मल्लले बैङ्क वित्तीय संस्थामा चर्को ब्याजदरका कारण समग्र अर्थतन्त्रलाई नै जोखिममा पारेको बताउनुभयो । अध्यक्ष मल्लले भन्नुभयो, ‘पछिल्लो समय उच्च ब्याजदरले उद्योगी व्यवसायी एवं समग्र ऋणीहरू निकै मर्कामा परेका छन् । ऋण लिएर व्यवसायमा लगानी गन सक्ने अवस्था छैन । यसअघि ऋण लिएकाहरूले समेत सावा“ ब्याज भुक्तानी गर्न सक्ने अवस्था छैन । यसले समग्र व्यवसायलाई नै जोखिमतर्फ धकेलिरहेको छ, ।’ उद्योग व्यवसायमा पछिल्लो समय देखिएको मन्दीको असर अर्थतन्त्रमा दीर्घकाल सम्म पर्ने तर्फ अध्यक्ष मल्लले सांसदहरूको ध्यानाकर्षण गराउनुभयो ।
ब्याजदर नियन्त्रणसँगै अर्थतन्त्रका अन्य चुनौतीहरूलाई पनि सम्बोधन गर्नुपर्ने अध्यक्ष मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुँजीगत खर्च हुन सकेको छैन । सार्वजनिक ऋण कुल ग्रार्हस्त उत्पादन जिडिपीको ४२ प्रतिशत हाराहारीमा पुगिसकेको छ । आन्तरिक उत्पादन ठप्प हु“दा ब्यापार घाटा आकासिएको छ । रोजगारी सिर्जना हुन सकेको छैन । आम सर्वसाधारण नागरिकसँग जोडिएका विषयलाई संसदबाट प्रभावकारी रुपमा आवाज उठ्न जरुरी भइसक्यो, ।’
नागरिकको प्रत्यक्ष सेवा प्रवाहसँग जोडिएका राहदानी विभाग, यातायात व्यवस्था विभाग, कर राजश्व जस्ता क्षेत्रमा निश्चित समय नै तोकेर परिणाम दिनेगरि काम गर्नुपर्ने अध्यक्ष मल्लले बताए । नागरिकको सेवा प्रवाह जोडिएका क्षेत्रमा टाइम कार्ड लागु गर्नुपर्ने मल्लको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्