अमेरिकाको टेनेसीमा गोली चल्दा तीन बालबालिकासहित छ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको टेनेसी राज्यको न्यासभिलस्थित एक प्राथमिक विद्यालयमा हिजो गोली चल्दा तीन बालबालिकासहित छ जनाको मृत्यु भएको छ ।
घटनाको आरोपित एक २८ वर्षीया महिलाको प्रहरी कारबाहीमा मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले घटना प्रति शोक व्यक्त गर्नुहुँदै अमेरिकी कंग्रेसलाई बन्दुक हिंसाविरुद्ध कडा कदम चलाउन आह्वान गर्नु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्