तपाईँ सुन्दै हुनुहुन्छः

‘पोखरामा नाट्य एकेडेमी आवश्यक’

कास्की । पोखरालाई नाट्य क्षेत्रको राजधानी बनाउन नाट्य एकेडेमी सञ्चालन आवश्यक रहेको एक कार्यक्रमका बत्ताहरूले औँल्याएका छन् ।

प्रेस क्लब गण्डकीले आयोजना गरेको ‘कोभिड १९ पछि पोखराको रङ्गमञ्च र अबको बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले प्रतिष्ठान स्वायत्त हुन नसक्दा कला क्षेत्रमा भनेको र चाहेको जस्तो काम गर्न नसकेको बताए । उनले पोखरामा उत्कृष्ट थिएटर निमार्ण गर्न सबैले पहल गर्नुपर्ने कुरामा जोड दिए । ढकालले प्रतिष्ठानले नियम विनियम निमार्ण गरे पनि कार्यान्वयनमा जान नसक्दा पोखराको कला क्षेत्रले अझ गति लिन नसकेको बताए ।

पोखरा थिएटरका अध्यक्ष तथा नाटक निर्देशक परिवर्तनले राज्यले आवश्यकता अनुसार लगानी गरे पनि सधैँ राज्यको मुख ताक्नु गलत रहेको बताए । उनले पोखरामा नाटक खेल्नकै लागि पोखरा थिएटरले आगामी दिनमा २० जनासम्म कलाकारलाई पूर्णकालीन रुपमा जोड्ने योजना रहेको बताए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य जसुमाया गुरुङले पोखरामा भएका रंङ्गकर्महरु निरन्तर हुन जरुरी रहेको बताइन् ।

पोखरामा बसेर रंङ्गकर्म गर्दै आएका इन्द्रेणी थिएटरका सञ्चालक तथा कलाकार केदारनाथ पौडेलले नाटक गर्नको लागि मात्र नाटक गर्नु भन्दा अब नाटकलाई व्यावसायिकतातर्फ जोड्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button