तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको वार्षिकोत्सवको अवसरमा हाजिरीजवाफ प्रतियोगिता (फोटो/ भिडियो)

काठमाडौँ । रेडियो नेपालको ७३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज रेडियो नेपालको केन्द्रिय कार्यालय सिंहदरबारमा हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरियो । 

प्रतियोगितामा रेडियो नेपालका विभिन्न महाशाखाका गरी सात समूह सहभागी थिए।

प्रतियोगितामा समाचार महाशाखाको ‘क’ समूह (रिपोर्टिङ) पहिलो, आर्थिक प्रशासन महाशाखा दोस्रो र प्रशासन महाशाखा तेस्रो भएका छन् । 

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले पहिलो प्रश्न सोधेर प्रतियोगिताको शुभारम्भ गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button