तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय राष्ट्रपति मुर्मू सोमबारदेखि पश्चिम बङ्गाल भ्रमणमा

काठमाडौँ । भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सोमबार पश्चिम बङ्गालको दुई दिने भ्रमणका लागि प्रस्थान गर्नुहुने भएको छ । 

देशको राष्ट्रपतिको रूपमा शपथ लिएपछि मुर्मूको यो पहिलो राज्य भ्रमण हुनेछ । राष्ट्रपति मुर्मूले आफ्नो भ्रमणका क्रममा २७ मार्च (सोमबार) मा भारतीय नेताजी सुभाषचन्द्र बोसप्रति श्रद्धाञ्जली अर्पण गर्न कलकत्तास्थित नेताजी भवन जाने कार्यक्रम रहेको छ ।

त्यसपछि उहाँ जोरासांको ठाकुरबारीस्थित रवीन्द्रनाथ टैगोरको घरमा गएर टैगोरप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ । 

राष्ट्रपति मुर्मू सोही साँझ कोलकाताको नेताजी इन्डोर रङ्गशालामा आफ्नो सम्मानमा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनुहुनेछ भने २८ मार्च (मङ्गलवार) मा राष्ट्रपति मुर्मूले बेलुर मठको भ्रमण गर्नुहुनेछ ।

“उनी कलकत्ता यूको बैङ्कको ८० वर्ष पूरा भएको उत्सवमा गरिने एक कार्यक्रममा पनि सहभागी हुनुहुनेछ । त्यसपछि उहाँले शान्ति निकेतनको भ्रमण गर्नुहुनेछ जहाँ उहाँ विश्वभारतीको वार्षिक दीक्षान्त समारोहमा सहभागी हुनुहुनेछ । 

यसअघि, मार्च १९ मा राष्ट्रपति मुर्मूले तमिलनाडुको कन्याकुमारी जिल्लामा रहेको विवेकानन्द रक स्मारकको भ्रमण गर्नुभएको थियो । त्यसैगरी, अघि मार्च १६ देखि मार्च २१ सम्म राष्ट्रपति मुर्मू केरला, तमिलनाडु र लक्षद्वीपको एक हप्ताको भ्रमणमा हुनुहुन्थ्यो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button