तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशमा माओवादीबाट सरकारमा सहभागी तीन मन्त्रीद्वारा राजीनामा 

रुपन्देही ।  लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिनुभएको छ। 

आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भौतिक पूर्वाधार विकास मन्त्री ईन्द्रजीत थारु र आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री कृष्णा केसीले मन्त्री पदबाट राजीनामा दिनुभएको हो। 

संसदीय दलका नेता एवं आर्थिक मामिला मन्त्री जोखबहादुर महराले केन्द्रको निर्णय अनुसार सरकारबाट बाहिरिएको बताउनुभयो ।

लुम्बिनी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरीको नेतृत्वमा नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ गरी प्रदेशसभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा पुस २७ गते सरकार गठन भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button