तपाईँ सुन्दै हुनुहुन्छः

द्वि राष्ट्रिय उद्योग वाणिज्य संघ आर्थिक कूटनीतिका संवाहक: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले द्वि राष्ट्रिय उद्योग वाणिज्य सङ्घहरू आर्थिक कूटनीतिका संवाहक भएको बताउनुभएको छ ।

मुलुकको वैदेशिक व्यापार तथा लगानी र पर्यटन प्रवद्र्धनमा द्वि राष्ट्रिय उद्योग वाणिज्य सङ्घमार्फत भइरहेको प्रयासको सह्राना गर्नुहुँदै राष्ट्रपति पौडेलले यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

मुलुकमा क्रियाशील विभिन्न १९ द्वि राष्ट्रिय उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीसँगको भेटमा शनिबार राष्ट्रपति भण्डारीले आर्थिक कूटनीतिको रिक्तता पूरा गर्न निजी क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

नेपालको दूतावास नभएका मुलुकमा निजी क्षेत्रमार्फत आर्थिक कूटनीतिको रिक्तता पूरा गर्न सकिने उहाँको भनाइ छ ।

राष्ट्रपति पौडेलले मुलुकको बृहत्तर आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका सशक्त र प्रभावकारी हुनुपर्ने उल्लेख गर्दै द्वि राष्ट्रिय उद्योग वाणिज्य संघका माध्यमले वैदेशिक लगानीमा सहजीकरण गर्न सकिने धारणा राख्नुभयो ।

यसअघि १९ द्वि राष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट नेपाल चीन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले राष्ट्रपतिबाट निजी क्षेत्रमैत्री नीति नियम तर्जुमाका लागि सरकारलाई मार्गनिर्देश हुने अपेक्षा राखिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button