तपाईँ सुन्दै हुनुहुन्छः

इटहरी गोल्डकपको उपाधि साबिक विजेता सगरमाथालाई

सुनसरी । इटहरी गोल्डकपको उपाधि सगरमाथा यूथ क्लब मोरङले जितेको छ ।

इटहरी रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा नवप्रवेशी ए डिभिजन क्लब चर्च व्बाइजलाई पेनाल्टी सुट आउटमा ६–५ गोल अन्तरले पराजित गर्दै सगरमाथाले लगातार दोस्रो पटक उपाधि जितेको हो । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको थियो ।

विजेता सगरमाथाले उपाधिसँगै नगद १० लाख हात पारेको छ । उपविजेता चर्च ब्वाइजले ५ लाखमा चित्त बुझाएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित सगरमाथाका क्याप्टेन महिन्द्र कार्कीले नगद १ लाख पाए । सर्वाधिक गोल गरेका मच्छिन्द्र क्लबका आफिज ओलावालेले ३० हजार पाए । प्रतियोगितामा उनले ५ गोल गरेका थिए । सगरमाथाका देब लिम्बु वेस्ट गोलकिपर, विशाल बस्नेत वेस्ट डिफेन्डर, स्टेफिन बिनांग वेस्ट फरवार्ड घोषित भए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button