तपाईँ सुन्दै हुनुहुन्छः

तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई

रुपन्देही । बुटवलको एन्फा टेक्निकल सेन्टरमा जारी २२ औँ तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम ११ लाई सडन डेथमा पराजित गर्दै मनाङ मर्स्याङ्दीले २२ औँ संस्करणको उपाधि उचालेको हो । उपाधिसँगै मनाङ मर्स्याङ्दी क्लबले नगद ११ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता सुदूरपश्चिम ११ ले ६ लाख ६६ हजार ६११ प्राप्त गरेको छ ।

५८ औँ मिनेटमा कोफिट टोमिटेले गोल गर्दै मनाङ मर्स्याङ्दी क्लबलाई अग्रता दिलाए पनि लामो समय टिक्न सकेन । खेलको ७० औँ मिनेटमा सुदूरपश्चिम ११ का लागि फागुराम थारुले गोल गर्दै खेललाई १–१ बराबरीमा पुर्‍याएका थिए ।

त्यसपछिको समयमा कुनै पनि थप गोल हुन सकेन र खेलको निर्णय पेनाल्टीमार्फत लिइएको थियो । पेनाल्टी पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो । तिलोत्तमा गोल्डकपमा पहिलो पटक मनाङ र सुदूरपश्चिम फाइनलमा पुगेका टिम हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button