तपाईँ सुन्दै हुनुहुन्छः

झापा स्तरीय अन्तरपालिका कर्मचारी फुटबल शुरु

झापा । झापामा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ ।

डिफेन्डिङ च्याम्पियन बिर्तामोड नगरपालिकाको आयोजनामा स्थानीय डोमालाल राजवंशी रङ्गशालामा प्रतियोगिता शुरु भएको हो ।

आजको पहिलो खेलमा कचनकवल गाउँपालिकालाई ४–२ गोल अन्तरले पराजित गर्दै आयोजक बिर्तामोड नगरपालिकाले विजयी शुरुवात गरेको छ ।

खेलमा बिर्तामोडलाई जित दिलाउन चुनु सोरेनले ह्याट्रिक गरे । बिर्तामोडका लागि ह्याट्रिक गर्ने खेलाडी सोरेन खेलको म्यान अफ दी म्याच घोषित भए ।

आज भएको अर्को खेलमा अर्जुनधारा नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै बाह्रदशी गाउँपालिका विजयी बनेको छ । बाह्रदशीका लागि कप्तान प्रदीप श्रेष्ठ, सन्तकुमार श्रेष्ठ र कैलाश डोमले गोल गरे । खेलमा बाह्रदशीका डोम म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिताको विजेताले नगद ६५ हजार र उपविजेताले नगद ४० हजार पुरस्कार पाउने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button