तपाईँ सुन्दै हुनुहुन्छः

एमाले अध्यक्ष ओलीद्वारा लुम्बिनीको अवलोकन भ्रमण

रुपन्देही । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्व शान्तिको मुहान लुम्बिनीको अवलोकन भ्रमण गर्नुभएको छ ।

उहाँको साथमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी, सांसदहरू, पूर्व मन्त्रीहरू र पार्टीका नेताहरू सहभागी हुनुहुन्थ्यो । पूर्वप्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको अन्तर्राष्ट्रिय ध्यान केन्द्र तथा सभाहल र लुम्बिनीमा निर्मित गुरुयोजना अजुरुपका विभिन्न संरचनाको बारेमा जानकारी लिनुभयो ।

त्यसअवसरमा कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठी, सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख इन्जिनियर सरोज भट्टराई लगायतले विभिन्न विषयमा जानकारी गराउनुभएको थियो । कपिलवस्तुमा पार्टीले सञ्चालन गरेको मिसन ग्रासरूट अभियानमा सहभागी हुन अध्यक्ष ओली लुम्बिनी आउनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button