तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा पशुहरूमा लम्पी स्कीन रोगको प्रकोप

बैतडी । बैतडीका किसानहरूले पालेका गाई तथा भैँसीहरूमा लम्पी स्कीन रोगको प्रकोप देखिन थालेको छ । 

जिल्लाको शिवनाथ र सुर्नया गाउँपालिका तथा मेलौली नगरपालिकाका अधिकांश ठाउँमा यो प्रकोप देखिएको स्थानीय किसानहरूले बताएका छन् । 

दैनिक १५ देखि २० वटा पशुमा उक्त प्रकोप देखा परिरहेको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका डा.विशाल पाठकले जानकारी दिनुभयो ।

यो रोग लागेपछि पशुहरूमा उच्च ज्वरो आउने, ५० देखि ८० प्रतिशत दूध उत्पादन घट्ने, पशुहरूको शरीरको तल्लो भाग सुन्निने, गिर्खाहरू देखिने, ब्याउने पशुहरू तुहिने तथा बाझोपन देखिने जस्ता समस्या हुने गरेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button