तपाईँ सुन्दै हुनुहुन्छः

लोक सेवा इन्स्टिच्युटमा भोजपुरी कला संस्कृतिबारे प्रशिक्षण

वीरगञ्ज । नेपाल भोजपुरी समाज वीरगन्जले शनिबार सङ्कल्प लोक सेवा इन्स्टिच्युटमा प्रशिक्षण कार्यक्रम गरेको छ ।

समाजका सल्लाहाकार प्रकाश प्रसाद थारुको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजेन्द्र सिंह राजपुत तथा सह सचिव अजमत अलि अन्सारीले संयुक्त रुपमा प्रशिक्षण दिएका हुन ।

कार्यक्रममा समाजका सल्लाहाकार मनोज कुमार मिश्र, उपाध्यक्ष रितुराज पटेल, कोषाध्यक्ष अशोक कुशवाहा, भोजपुरी कवि बिक्रम साह, पत्रकार राजकुमार सरार्फ तथा सङ्कल्प लोक सेवा इन्स्टिच्युटका सञ्चालक अशोक साह लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा भोजपुरी कला संस्कृतिबारे चर्चा भएको सल्लाहकार मनोज कुमार मिश्रले जानकारी दिनभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button