बीरगञ्ज यूनाईटेड क्लबले बागमती युवा क्लबलाई हराउँदै क्वाटरफाइनलमा

बारा । बीरगञ्ज यूनाईटेड क्लबले बागमती युवा क्लबलाई हराउँदै बाराको सिमरामा जारी जगदम्बा १३ औँ जीतपुरसिमरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बीरगञ्ज यूनाईटेड क्लबले बागमती युवा क्लबलाई ३–० ले हराएको हो ।
वीरगञ्जको जीतमा विवेक चौधरीले दुई र कृपा चौधरीले एक गोल गर्नुभएको थियो ।
वीरगञ्जको जितमा दुई गोल गरेका विवेक चौधरी खेलको म्यान अफ दि म्याच घोषित भएका छन् । उनले १० हजार नगद र ट्रफी हात पारेका छन् ।
भरतपुरले उद्घाटन खेलमा आयोजकलाई पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित बनाइसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्