इनरुवामा जग्गाको कित्ताकाट एक सातापछि सुरु हुने

सुनसरी । सुनसरीको इनरुवामा आगामी एक सातापछि कित्ताकाट सुरु हुने भएको छ ।
इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले पालिकाले वर्गीकरण गरेर नापी विभागमा बुझाइसकेको छ । केही दिनमै विभागको टोलीले फिल्ड निरीक्षण गर्ने र त्यसपछि कित्ताकाट सुरु हुने बताउनुभयो ।
नापी कार्यालय इनरुवाका प्रमुख सञ्जीव कुमार शाहका अनुसार पालिकाबाट विवरण विभागसम्म पुगिसकेको छ । वर्गीकरणको प्रक्रिया अन्तिम चरणमा भए पनि विभागले विज्ञसहितको टोली खटाउने र त्यसपछि कित्ताकाटको प्रक्रिया सुरु हुनेछ ।
विभागले उपलब्ध गराएको विवरणको आधारमा वडाबाट सिफारिस हुने र सोही अनुसार कित्ताकाट हुने उहाँले बताउनुभयो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कृषि तथा गैर कृषि क्षेत्र भनेर वर्गीकरण नगरी जग्गाको कित्ताकाट रोकिएको छ ।
प्रतिक्रिया राख्नुहोस्