तपाईँ सुन्दै हुनुहुन्छः

टुनिसिया नजिक समुन्द्रमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा कम्तीमा ३४ बेपत्ता

काठमाडौं । उत्तर अफ्रिकी मुलक टुनिसिया नजिकैको समुन्द्रमा अफ्रिकी आप्रवासी बोकेको  डुङ्गा पल्टिदा कम्तीमा ३४  जना बेपत्ता भएका  छन् । 

गत दुई दिनमा टुनिसियाको तटीय क्षेत्र नजिकको समुन्द्रमा ५ वटा अफ्रिकी  आप्रवासी बोकोका डुङ्गा पल्टेका अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले उल्लेख गरेको छ । 

उक्त घटनाहरूमा हालसम्म ७ जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता रहेको बिबिसीले जनाएको छ । 

शुक्रबार पल्टेको डुङ्गाको गन्तव्य इटाली रहेको अधिकारीहरूले बताएका छन् । 

टुनिसियाको तटीय सुरक्षा निकायले विगत दुई दिनमा युरोपलाई गन्तव्य बनाएर हिँडेका ५६ डुङ्गालाई नियन्त्रणमा लिएको बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button