तपाईँ सुन्दै हुनुहुन्छः

‘सामाजिक क्षेत्रमा लायन्स क्लबको भूमिका महत्वपूर्ण’

जनकपुरधाम । पूर्व राष्ट्रपति डा. रामवरण यादवले लायन्स क्लबले मानव सेवाको क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय भएको बताउनुभएको छ ।

पूर्व राष्ट्रपति यादवले लायन्स क्लब ३२५ एफ को पहिलो साधारण सभाको आज जनकपुरधाममा उद्घाटन गर्दै लायन्स क्लबले नेपालको शिक्षा तथा सामाजिक क्षेत्रमा गरेको काम निक्कै प्रशंसनीय भएको बताउनुभयो । उहाँले मुलुकको आर्थिक विकासमा लायन्स क्लबका सदस्यहरु स्पष्ट दृष्टिकोणका साथ अघि बढ्न आवश्यक भएको बताउनुभयो । उहाँले कुनै बेला मधेशका जिल्लाहरू कृषिका लागि उर्वर भए पनि अहिले चुरेको विनाशका कारणले समस्यामा भएको बताउनुभयो ।

उद्योगपति एवं लायन राजेन्द्र खेतानले नेपाललाई समृद्ध बनाउने धेरै आधारहरू भएको बताउँदै समृद्ध देश बनाउनका लागि सामूहिक प्रयास तथा अठोटको आवश्यकता भएको बताउनुभयो । उहाँले मुलुकमा धेरै विषयहरू रहेकाले त्यसलाई अनुशरण गर्न आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभाका सदस्य जुली कुमारी महतोले पनि बोल्नु भएको थियो । लायन्स क्लब अफ ३२५ एफका अध्यक्ष डा. राजेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व राष्ट्रपति डा. यादवले उद्योगपति डा राजेन्द्र खेतानलाई दोसल्ला ओढाई सम्मानपत्र सहित सम्मानित गर्नु भएको थियो ।

भोलिसम्म चल्ने वार्षिक साधारण सभाबाट नयाँ नेतृत्वको चयन गर्नेछ । अहिले देशमा लायन्स क्लबको १५ वटा डिस्ट्रिक्ट रहेका छन् । यसै गरि देश भरिमा ५ हजार ५ सय सदस्यहरु रहेका छन् । कार्यक्रमको संयोजक पूर्व डिस्ट्रिक्ट गभर्नर मधुकर उपाध्याय हुनुन्थ्यो । देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा लायनहरु जनकपुरधाम आएका छन् । शनिबार बिहान प्रभात फेरि गर्ने कार्यक्रम पनि छ । उद्घाटन कार्यक्रममा पूर्व राष्ट्रपति डा. यादवले लायन्स क्लबको स्मारिका पनि विमोचन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button