तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेटर कँडेल र राजवंशी सम्मानित

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले नेपाल क्रिकेटका राष्ट्रिय टिमका खेलाडी दिपेश प्रसाद कँडेल र ललितनारायण राजवंशीलाई सम्मान गरेको छ ।

शुक्रबार सुनसरीको इनरुवामा गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी कँडेल र राजवंशीलाई सम्मान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद, उपाध्यक्ष सुनिता उराँव र प्रमुख प्रशासकीय अधिकृतले जनही २० हजार १०० रुपियाँ नगदसहित दोसल्ला र सम्मान पत्रका साथ कँडेल र राजवंशीलाई सम्मान गर्नुभयो ।

राजवंशीलाई हालै सम्पन्न भएको डब्लूसीएल टु मा नेपाली राष्ट्रिय टोलीलाई टप ३ मा पुर्‍याउन योगदान सहित वर्ल्डकप क्वालिफायर राउण्डमा प्रवेश गराउन भूमिका सम्मान गरिएको हो।

त्यसैगरी कँडेलले हालै युएईमा सम्पन्न अन्डर १९ विश्वकप छनौट प्रतियोगितामा ८ वर्षपछि विश्वकपमा पुर्‍याउन योगदान गरेकाले सम्मान गरिएको जनाइएको छ ।

सम्मानित हुनुभएका राजवंशीले सम्मान गर्ने भोक्राहा नरसिंहका जनप्रतिनिधिहरूप्रति धन्यवाद प्रकट गर्नुहुँदै नेपाल र नेपाली क्रिकेटलाई माथि पुर्‍याउन हौसला प्राप्त भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button