तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको फिफा महिला वरियतामा सुधार

काठमाडौँ । नेपालको फिफा महिला वरियतामा सुधार भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालको वरियता सुधार भएको हो । नेपालको वरियता तीन स्थान सुधार भएको हो ।

नयाँ वरियतामा नेपाल १०० औँ स्थानमा उक्लिएको छ । अघिल्लो पटकको वरियतामा समेत नेपाल १०३ औँ स्थानमा रहेको थियो । एसियाली राष्ट्रको वरियतामा भने नेपाल २० औँ स्थानमा रहेको छ ।

यस्तै दक्षिण एसियाली राष्ट्रको वरियता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ६१ औँ स्थानमा रहेको छ । विश्व वरियतामा अमेरिका शीर्ष स्थानमा यथावत् छ । यस्तै जर्मनी दोस्रो स्थानमा छ भने स्विडेन तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button