भाषा साहित्यको संरक्षण एवं संवर्द्धन गर्न सरकार कटिबद्ध : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकसंस्कृति, भाषा साहित्यको संरक्षण एवं संवर्द्धनका लागि सरकार कटिबद्ध रहेको बताउनुभएको छ ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित विश्व नेपाली नारी साहित्य महोत्सवको आज धनगढीमा उद्घाटन गर्नु हुँदै उहाँले साहित्य क्षेत्रको सम्बद्धर्न तथा विकासलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो ।
कार्यक्रममा पूर्व मन्त्री द्वय कर्णबहादुर थापा, दीर्घ सोडारी, प्रदेशसभा सदस्य द्वय मेघराज खड्का, धर्मराज पाठक, साहित्यकार लगायतले बोल्नुभएको थियो ।
चैत्र १३ गतेसम्म सञ्चालन हुने साहित्य महोत्सवमा देश र विदेशका गरि करिब २ सय जना साहित्यकारको सहभागिता रहने समाजका अध्यक्ष तीर्थराज पाण्डेयले बताउनुभयो ।
महिला सष्ट्राहरुलाई विश्वभर चिनाउन र प्रदेशको लोकसंस्कृति, भाषा साहित्यको प्रचारप्रसार तथा जगेर्ना गर्न महोत्सवले थप टेवा पुर्याउने विश्वास गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्