तपाईँ सुन्दै हुनुहुन्छः

भूतपूर्व सैनिक सम्मेलन सम्पन्न (फोटोफिचर)

काठमाडौँ । नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन-२०७९ सम्पन्न भएको छ ।

तनहुँको खैरेनीटारस्थित नं. ३ बाहिनी अड्डामा तनहुँ, गोरखा र लमजुङ जिल्लाहरूमा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाहरूको सहभागितामा  सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनमा सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले भूतपूर्व सैनिकहरूलाई सैनिक जीवनका दौरानमा प्राप्त ज्ञान तथा सीपको सदुपयोगद्वारा आ-आफ्नो क्षेत्रबाट समाज सेवामा सदैव अग्रसर रहन र स्वावलम्बी एवं भरोसादार नागरिकको रुपमा स्थापित हुन आग्रह गर्नुभयो । आफ्नो समाजको स्तर अभिवृद्धि गर्न जति धेरै योगदान पुर्‍याइन्छ त्यति नै छिटो र प्रभावकारी तवरबाट समस्त नेपाली जनताको समग्र स्तर अभिवृद्धि हुँदै जाने बताउँदै प्रधान सेनापतिले अवकाश प्राप्त सैनिक व्यक्तिबाट गरिने सानो परिश्रम तथा स-साना कोसिसले समष्टिगत रुपमा ठूलो रूप लिई सम्पूर्ण नेपाली जनताको उज्ज्वल भविष्य प्राप्तिको लागि महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भयो । 

सम्मेलनमा लमजुङ जिल्ला निवासी ८७ वर्षका सिपाही कृष्ण बहादुर रावल र स्वर्गीय सुबेदार थिर बहादुर खत्रीको श्रीमती गोरखा जिल्ला निवासी ९४ वर्षकी एकल महिला दीर्घ कुमारी खत्रीलाई सम्मान गरिएको थियो भने सर्वोत्कृष्ट लघु उद्यमी र व्यवसायीहरू दुई जनालाई प्रशंसा–पत्र एवं पुरस्कार वितरण गरिएको थियो । 

सम्मेलनकै अवसरमा ९ र १० गते सैनिक मेडिकल टिमद्वारा सम्मेलन स्थलमा दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरि विभिन्न प्रकारका स्वास्थ्योपचार सेवा प्रदान गरिएको   छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button