तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य आवश्यक : मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकार र स्थानीय तहबीच सहकार्यको आवश्यक रहेको बताउनुभएको छ । 

गाउँपालिका महासङ्घ गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई आज पोखरामा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री अधिकारीले विकास र समृद्धिका लागि प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । 

जनताको नजिकको सरकार प्रदेश र स्थानीय तह रहेको भन्दै नागरिकका स्तरसम्म विकासको अनुभूति गराउन प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय तहलाई बलियो बनाउनुपर्नेमा समेत जोड दिनुभयो । 

गण्डकी प्रदेशका ११ वटै जिल्लाका ८५ वटा स्थानीय तहको चौतर्फी विकासको लागि प्रदेश सरकारले यथेष्ट बजेट बिनियोजन गर्ने समेत उहाँले बताउनुभयो । उहाँले पञ्च बर्षीय योजनाका साथ काम गर्न सम्पूर्ण पालिकाहरूलाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री अधिकारीले गण्डकी प्रदेशको राजधानी पोखराबाट ८५ वटै स्थानीय तहको केन्द्र सम्म पुग्ने सडकलाई पक्की बनाउने कामलाई प्रदेश सरकारले निरन्तर रुपमा अगाडी बढाएको उल्लेख गर्नुहुँदै गोरखाको चुमनुब्री र मनाङको नार्पाभूमी गाउँपालिकामा भौगोलिक कठिनाइका कारण काम ढिलो हुन पुगेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button