तपाईँ सुन्दै हुनुहुन्छः

बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० बस्ने एक जना महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ । शुक्रबार सीमावर्ती भारतीय दुधुवा नेसनल पार्क भित्र घाँस दाउरा गर्न गएका महिलाहरू मध्ये पुनर्वास नगरपालिका वडा नम्बर १० मदनटोल बस्ने अन्दाजी ३२ वर्षीया कलसा सार्कीको बाघको आक्रमणमा परी मृत्यु भएको हो । 

नेपाल-भारत सीमा क्षेत्रबाट करिब दुई किलोमिटर भारततिर गौरीफण्टा बन एरियामा पर्ने एसएसबी क्याम्प  लालकुवा नम्बर ८ को दक्षिण पूर्वमा सार्कीको शव फेला परेको कुण्डा सब डिभिजन बन कार्यालय पच्कडिया कञ्चनपुरका प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभएको छ । 

घाँस दाउरा गर्न गएका अन्य अधिकांश महिलाहरू घर फर्किसकेका छन् भने एक जना महिला अझै सम्पर्कविहीन रहेको र उनको खोजिकार्य भइरहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button