तपाईँ सुन्दै हुनुहुन्छः

तिलोत्तमा गोल्डकप : फाइनलमा सुदूरपश्चिमसँग मनाङ मर्स्याङ्दी भिड्ने

रुपन्देही । बुटवलमा जारी तिलोत्तमा गोल्डकपमा पेनाल्टी सुट आउटमा ४–३ ले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब बुटवलमा जारी २२ औँ तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेको छ । यससँगै मनाङ मर्स्याङ्दीले शनिबार सुदूरपश्चिम ११ सँग फाइनल प्रतिस्पर्धा गर्ने भएको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा निर्धारित समयको खेल २/२ को बराबरी भएपछि खेल नतिजाको टुङ्गो पेनाल्टीबाट लिइएको थियो । त्यसअघि सुरुवाती अग्रता भने फ्रेन्ड्स क्लबले लिएको थियो । पहिलो हाफको ७ औँ मिनेटमा फ्रेन्ड्स क्लबका रफिक अमिनोले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको २६ औँ मिनेटमा लक्ष्मण रुचालको क्रसमा उत्तम राईले गोल गर्दै टिमलाई २–० को अग्रता बनाए । तर पहिलो हाफको ईन्जुरी समयमा मनाङ मर्स्याङ्दीका आशिस गुरुङले गोल गर्दै टिमलाई २–१ को स्थिति बनाए । पहिलो हाफ सम्म २–१ को अग्रता बनाएको फ्रेन्ड्स क्लबले दोस्रो हाफको २ मिनेटमै गोल खान पुग्यो । मनाङ मर्स्याङ्दीका प्रसन्न श्रेष्ठले गरे । त्यसपछि दुवै टिमबाट निर्धारित समयमा कुनै पनि गोल हुन सकेन र खेल २/२ को बराबरी हुन पुग्यो । त्यसपछि खेलको नजिता पेनाल्टी बाट लिइएको थियो ।

दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने सङ्घले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघका रुपन्देही जिल्ला फुटबल संघ अध्यक्ष लोक पुनले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button