तपाईँ सुन्दै हुनुहुन्छः

एसिसि प्रिमियर लिगको खेलतालिका सार्वजनिक

काठमाडौँ । काठमाडौँमा आगामी महिना हुने एसिसि प्रिमियर लिगको खेलतालिका सार्वजनिक भएको छ ।

सार्वजनिक खेलतालिका अनुसार सहभागी हुने टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् ।

वैशाख ५ गते अर्थात् १८ अप्रिलदेखि शुरु हुने प्रतियोगिताका खेलहरू त्रिवि मैदान र मुलपानी मैदानमा सञ्चालन हुनेछन् । पहिलो खेलमा कीर्तिपुरमा नेपाल र मलेसिया खेल्दा, मुलपानीमा हङकङ र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले पाकिस्तानमा हुने एसिया कपमा स्थान सुरक्षित गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button