तपाईँ सुन्दै हुनुहुन्छः

विपद्जन्य घटनाबाट बच्ने उपायहरू समेटिएको ई–लर्निङ पोर्टल सञ्चालनमा ल्याइने  

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राकृतिक प्रकोप र विपद्जन्य घटनाबाट बच्ने उपायहरू समेटिएको ई–लर्निङ पोर्टल सञ्चालनमा ल्याउने भएको छ ।

प्राधिकरणद्वारा आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले पोर्टलले विपद्को प्रकृति तथा सम्भावित क्षतिका बारेमा जानकारी गराउनुका साथै उद्धार गर्ने प्रक्रिया र अपनाउनुपर्ने रणनीतिका बारेमा जानकारी दिने बताउनुभयो ।

उहाँले पोर्टलमा डढेलो नियन्त्रणको प्रक्रियाका बारेमा जानकारीमूलक सामग्री राखिने हुनाले स्थानीय तह र प्रदेश सरकारले सोही बमोजिम जनशक्तिलाई तालिम र प्रशिक्षण दिनसक्ने धारणा राख्नुभयो । 

यस्तै, प्राधिकरणले प्राकृतिक प्रकोपजन्य घटनामा राहत तथा उद्धार गर्नका लागि खटिने स्वयंसेवकको विवरण अध्यावधिक गर्ने पोर्टल पनि निर्माण गरेको छ । 

हालसम्म उक्त पोर्टललमा १ लाखभन्दा बढी स्वयंसेवक सूचीकृत भइसकेको पनि प्राधिकरणले जनाएको छ । स्वयंसेवकका लागि इच्छुक व्यक्तिले वैयक्तिक विवरण सहितको अनलाइन फारम भर्नुपर्ने प्रावधान राखिएको छ ।  आन्तरिक तयारी भइरहेकाले पोर्टल सार्वजनिक भने भई नसकेको प्राधिकरणको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button