तपाईँ सुन्दै हुनुहुन्छः

अछामको तिमिल्सैनमा एक घर एक धारा

अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिका ४ तिमिल्सैन सहज खानेपानीको पहुँचमा जोडिएको छ । वर्षौँदेखि खानेपानीको समस्या झेलिरहेका तिमिल्सैनवासी गाउँमा एक घर एक धारा सहित पानीको सहज पहुँच हुँदा हर्षित भएका हुन । 

एक घर एक धारा को नीति अनुसार वडाका ३३ घरधुरीमा खानेपानीको धारा निर्माण गरिएका हुन् । झण्डै ९ सय जनसङ्ख्या रहेको तिमिल्सैनमा सुदूरपश्चिम प्रदेश सरकार  र जिल्ला खानेपानी कार्यालयको आयोजनामा ६२ लाखको लागतमा बोरिङ खानेपानी आयोजना निर्माण गरिएपछि तिमिल्सैन खानेपानीको पहुँचमा जोडिएको हो । 

तिमिल्सैनलाई सहज खानेपानीको पहुँचमा समावेश गर्न १ सय घनमिटरको १ पानी पोखरी, १० घन मिटरका २ र ५ घन मिटरको १ पोखरी निर्माण गरि स्थानीयको घरमा खानेपानी पुर्‍याइएको खानेपानी कार्यालय अछामका प्रमुख सुरेश बहादुर शाहले बताउनु भयो ।

गाउँमा खानेपानी पुगेपछि खुसी भएका स्थानीयले १६ लाख बराबरको श्रमदानबाट खानेपानी आयोजनाको काम सम्पन्न गरेका हुन ।

एक घर एक धारा निर्माण भएपछि वर्षौँ देखिको खानेपानीको समस्या निर्मूल भएको भन्दै उनीहरूले प्रयोगमा आएको पानीबाट सङ्कलित पानीबाट करेसाबारी निर्माण गरी तरकारी तथा फलफूल खेतीमा पनि आत्मनिर्भर बन्ने आफूहरूको उद्देश्य रहेको बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button