तपाईँ सुन्दै हुनुहुन्छः

रूसको हरेक आक्रमणको दृढतापूर्वक प्रतिकार गर्नेछौँ  : जेलेन्स्की 

काठमाडौं ।  युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रूसको हरेक आक्रमणको दृढतापूर्वक प्रतिकार गर्ने बताउनुभएको छ ।

रूसले राजधानी किभ र जापोरिजजिया क्षेत्रमा कम्तीमा ९ जनाको मृत्यु हुने गरी भवनहरूमा गरेको क्षेप्यास्त्र आक्रमण पछि प्रतिक्रिया दिँदै राष्ट्रपति जेलेन्स्कीले सबै रूसी आक्रमणको सैन्य, राजनीतिक र कानुनी प्रतिकार गर्ने बताउनुभयो । 

रूसले बुधबार बिहान राजधानी किभ र आसपास क्षेत्रहरूमा रहेका शैक्षिक संस्थाका भवनहरूलाई लक्षित गरी निरन्तर ड्रोन आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button