तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीमा चैत्र १० गतेदेखि विश्व नेपाली नारी साहित्य महोत्सव हुँदै

Exif_JPEG_420

धनगढी  । कैलालीको धनगढीमा यही चैत्र १० गतेदेखि शुरु हुने विश्व नेपाली नारी साहित्य महोत्सवको तयारी लगभग पुरा भएको छ । 

महोत्सव आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजले आज पत्रकार सम्मेलन गरि चैत्र १० गतेदेखि १३ गते सम्म धनगढीमा साहित्य महोत्सव हुने जानकारी दिएको हो । 

समाजका अध्यक्ष तीर्थराज पाण्डेयले साहित्य महोत्सवको तयारी लगभग पूरा भएको जानकारी दिनुभयो । महोत्सवका लागि प्राविधिक तथा व्यवस्थापकीय तयारी कार्य तीव्रताका साथ भइरहेको उहाँले बताउनुभयो । 

“महोत्सवको उद्घाटनका लागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिखित आमन्त्रण गरिएको छ”, अध्यक्ष पाण्डेयले भन्नुभयो,  “प्रधानमन्त्रीज्यूले हामीलाई आउँछु भन्नुभएको छ ।”  महोत्सवमा देश र विदेशका गरि करिब दुई सय साहित्यकारको सहभागिता रहने उहाँले जानकारी दिनुभयो । 

महोत्सवमार्फत नारी सष्ट्राहरुलाई देश विदेशमा चिनाउने मात्र नभई भाषा साहित्य, लोक संस्कृतिको सम्बद्धर्नका लागी महोत्सवले विशेष टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button