तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा पुनः डेङ्गुको संक्रमण देखियो 

धनगढी । कैलालीमा पुनः डेङ्गुको संक्रमण देखिएको छ । 

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले चार जनामा डेङ्गुको संक्रमण देखिएको बताउनुभयो । नमुना परिक्षण गर्दा उनीहरू डेङ्गु सङ्क्रमणको पुष्टि भएको उहाँले जानकारी दिनुभयो । फागुन महिनामै धनगढीमा १, गोदावरी २ र टिकापुरमा १ जनामा डेङ्गुका बिरामी भेटिएको प्रमुखको धामीको भनाई छ। 

डेङ्गुको संक्रमण देखिएपछि अहिलेदेखि नै स्वास्थ्य सतर्कता अपनाउ थालिएको छ । डेङ्गुको महामारी फैलिन नदिनका लागि डेङ्गुको लार्भा खोज र नष्ट गर अभियान सञ्चालनको तयारी भइरहेको प्रमुख धामीले बताउनुभयो । 

कैलालीमा गत मङ्सिरसम्म ४ सय ४२ जनामा डेङ्गुको संक्रमण देखिएको सरकारी तथ्याङ्क देखिन्छ । लामखुट्टेको टोकाईबाट डेङ्गु लाग्ने गर्दछ । यसबाट बच्नका लागि लामखुट्टेको बासस्थान तथा वरिपरि सरसफाइ गर्ने, सुत्ने बेला झुलको प्रयोग गर्ने लगायतका सावधानी अपनाउनुपर्ने स्वास्थ्यकर्मीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button