तपाईँ सुन्दै हुनुहुन्छः

चीनले अघि सारेको शान्ति योजनाले रुस–युक्रेन युद्ध अन्त्य गर्न सक्छ : पुटिन

काठमाडौं l रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चीनले अघि सारेको शान्ति योजनालाई रुस–युक्रेन युद्ध अन्त्य गर्ने आधार बनाउन सकिने बताउनुभएको छ । 

राष्ट्रपति पुटिनले युक्रेन र पश्चिमा मुलुक तयार भएमा चीनको शान्ति योजनालाई अघि सार्न सकिने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले उल्लेख गरेको छ । 

रूसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हिजो रुस–युक्रेन लगायतका विषयमा मस्कोमा भेटवार्ता भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button