‘एकले अर्कालाई निषेध गरेर कोही अघि बढ्न सक्दैन’
सर्लाही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अहिले आदिवासी जनजातिले पहिचानको कुरा उठान गरिरहेको बताउनुभएको छ ।
‘मातृभाषा, संस्कार, संस्कृतिको संरक्षण र संवर्द्धनको लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मङ्गलबार सर्लाहीको हरिवनमा आयोजित आदिवासी जनजाति युवा महासङ्घ, नेपालको आठौँ राष्ट्रिय सम्मेलनमा उहाँले ४६ को जनआन्दोलनपछि ६२/६३ को आन्दोलनमा आदिवासी, जनजातिको दर्बिलो उपस्थिति भए पनि उक्त वर्ग अझै शोषित अवस्थामा रहेको बताउनुभयो ।
नेपाली समाजको शल्यक्रिया गरिनु आजको आवश्यकता भएको उल्लेख गर्दै उहाँले एकले अर्कालाई निषेध गरेर कोही पनि अघि बढ्न नसक्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्