तपाईँ सुन्दै हुनुहुन्छः

सरकारमा सहभागी हुन एकीकृत समाजवादीले बनायाे तीन सदस्यीय कार्यदल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुनका लागि तीन सदस्यीय कार्यदल बनाएको छ । 

नेकपा एकीकृत समाजवादी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहने गरि तीन सदस्यीय कार्यदल बनाएको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले समसामयिक राजनीति, केन्द्र र प्रदेश सरकारलगायत विभिन्न विषयमा छलफल गरिएको जानकारी दिनुभयो । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित बनेको तीन सदस्यीय कार्यदलले सरकार गठन लगायतका विषयमा गृहकार्य अगाडी बढाउन निर्णय भएको प्रवक्ता खतिवडाले बताउनुभयो ।  

कार्यदलले गठबन्धन बैठकमा पार्टीले पाउने मन्त्रालयबारे छलफल गर्ने, सरकारमा जाने मन्त्रीहरू छान्ने, नीति तथा कार्यक्रम बनाउने, केन्द्रदेखि प्रदेशसम्म मन्त्रालय बाँडफाँटलगायतबारे गृहकार्य गर्ने उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button