तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारको हितमा हुने गरी विधेयक अघि बढाइने

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पत्रकारको हित हुने गरी नै प्रदेश सरकारले आमसञ्चार विधेयक अघि बढाउने बताउनुभएको छ ।

अनलाइन पत्रकार सङ्घ गण्डकीको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको उद्घाटन समारोहमा उहाँले पत्रकारको हितमा सञ्चार विधेयक ल्याउने प्रतिबद्धता जनाउनुभयो । सरकारले आमसञ्चार विधेयक संसद्मा दर्ता गरी पनि विचाराधीन अवस्थामा राखेको छ ।

मुख्यमन्त्री अधिकारीले अनलाइन समाचारले समाजमा नकारात्मक प्रभाव पारेको बताउँदै व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । पत्रकारिता क्षेत्र गुणस्तरीय नहुँदा सोको असर अन्य क्षेत्रमा समेत पर्ने भएकाले मिडियालाई व्यवस्थित बनाउन मिडिया साक्षरता कार्यक्रम सञ्चालन गर्न अधिकारीले आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button