प्रजातान्त्रिक विचार समाजद्वारा राष्ट्रपतिलाई बधाई तथा शुभकामना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रजातान्त्रिक विचार समाजले राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको कार्यक्रममा समाजका अध्यक्ष केदारनरसिंह केसी र वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले राष्ट्रपतिसमक्ष अभिनन्दन पत्र हस्तान्तरण गर्नुभएको थियो । सो अभिनन्दन पत्र समाजका सचिव वासुदेव भण्डारीले वाचन गर्नुभएको थियो ।
सो अवसरमा राष्ट्रपति पौडेलले प्रजातान्त्रिक विचार समाजले लोकतन्त्र र मुलुकलाई अप्ठ्यारो पर्दा सचेतकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्