तपाईँ सुन्दै हुनुहुन्छः

घोडेजात्रामा बैङ्किङ सेवा सञ्चालनमा राख्न राष्ट्र बैङ्कको निर्देशन

काठमाडौँ । भोलि मङ्गलबार घोडेजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैङ्किङ सेवा सञ्चालनमा राख्न नेपाल राष्ट्र बैंकले बैङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भोलि बैङ्किङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैङ्क–वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको हो ।

“घोडेजात्राका दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा रहेता पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी (इसिसी), आरटिजिएस लगायतका आवश्यक बैङ्किङ सेवा सञ्चालनमा राख्न इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ”, राष्ट्र बैंकले भनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button