तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबलको तयारी पूरा

काठमाडौँ । प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुँदैछ । प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका लागि भुटान र लाओसको टोली सोमबार नेपाल आइसकेका छन् । सिङ्गल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।

पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् । त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने छन् । प्रतियोगितामा एन्फाले दुई फरक टिकट दर राखेको छ । सामान्य प्यारापिटतर्फ ५ सय र भिभिआइपीतर्फ १ हजार टिकट दर राखिएको एन्फाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button