तपाईँ सुन्दै हुनुहुन्छः

वाग्ले र दाहाल कोशी प्रदेशका सर्वोत्कृष्ट प्रहरी घोषित

सुनसरी । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय भेडेटार धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक भोला नाथ वाग्ले र छिमेकी प्रहरी पोष्ट कोशी अस्पताल विराटनगरमा कार्यरत प्रहरी हवल्दार यादव प्रसाद दाहाललाई फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएका कारण उहाँहरूलाई सर्वोत्कृष्ट घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उहाँहरूले सम्पादन गरेको उत्कृष्ट कार्यको मूल्याङ्कन गर्दै २०७९ साल फागुन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button