तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियू विजयी

वीरगञ्ज । वीरगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियू विजयी भएको छ ।

स्ववियुको सभापतिसहित सम्पूर्ण पदाधिकारीमा अनेरास्ववियू विजयी भएको छ भने नेविसंघबाट एक जना सदस्य मात्रै विजयी भएकी छन् ।

हिजो भएको स्ववियू निर्वाचनमा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूकी सभापतिमा पदकी उम्मेदवार मनिषा चौधरी ९१ मत प्राप्त गरी विजयी हुनुभएको स्ववियू निर्वाचन अधिकृत रोमिना श्रेष्ठले जानकारी दिनुभयो ।

चौधरीकी निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घकी यामिनी खड्काले ६३ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी सचिवमा पनि अनेरास्ववियुकै सृष्टि तिमिल्सिना ८९ मतका साथ विजयी हुनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button