तपाईँ सुन्दै हुनुहुन्छः

सन्धि सम्झौता कार्यान्वयनबारे समितिमा छलफल

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा नेपालको राष्ट्रिय हित प्रवद्र्धन गर्न पुनरावलोकन गर्न आवश्यक देखिएका सन्धि सम्झौता कार्यान्वयनबारे  छलफल भएको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरु रामचन्द्र राई, राजेन्द्रलक्ष्मी गौरे, कुमार दौसौदी, शेखरकुमार सिंह, जयन्ती राई, गोपी अछामीलगायतले नेपाली हितका पक्षमा भएका विभिन्न सन्धिहरू कार्यान्वयनको अवस्था हेरी कतिपय सन्धि सम्झौताहरूलाई समयानुकूल बनाइनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button