तपाईँ सुन्दै हुनुहुन्छः

विश्वासको मत दिन सक्दैनौँ : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्रीलाई विश्वासको मत प्रदान गर्न नसकिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उहाँले केही दिनअघि मात्र सरकारबाट अलगिएकाे दल राप्रपाले अहिले नै विश्वासको मत दिने अवस्था भई नसकेको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले भन्नुभयो, “विकास, सुशासन र सेवा प्रवाहमा एकाकार भएर काम गर्ने अठोट गरिएकामा सत्ता घटकलाई समेत जानकारी नदिई बाटो फेर्नुभयो, प्रधानमन्त्रीजीलाई अर्को यात्राका लागि शुभकामना छ ।”

उहाँले देशको अर्थतन्त्रको अवस्था बाहिर देखिएको जस्ता सजिलो नरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button