प्रतिनिधिसभामा एक सदस्यको स्थान रिक्त रहेको जानकारी

काठमाडौँ । प्रतिनिधिसभामा एक सदस्यको स्थान रिक्त भएको छ ।
जनता समाजवादी पार्टीका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि प्रतिनिधि सभामा एक सदस्य पद रिक्त हुन पुगेको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेलेले बारा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद यादव यही चैत्र ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएपछि प्रतिनिधिसभामा एक सदस्य पद रिक्त भएको सभामा जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्