तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुनै आधार र कारण देखिएन : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुनै आधार र कारण नदेखिएको बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि भएको  छलफलमा उहाँले एमाले मात्रै नभई सिङ्गो सदन र सांसद यो प्रस्तावको विपक्षमा उभिन आवश्यक रहेको बताउनुभयो ।

उहाँले एमाले विनाको कस्तो राष्ट्रिय सहमति खोज्नुभएको भनी जिज्ञासा राख्दै स्थिरताका नाममा अहिले भइरहेका अभ्यासले राजनीतिक स्थिरता होइन, अस्थिरता हुने खतरा देखिएको औँल्याउनुभयो ।

उहाँले राजश्वले साधारण खर्च पनि धान्न नसक्ने अवस्था रहेको तथा पूँजीगत खर्चको अवस्था पनि उत्साहजनक रहेको अवस्थामा सरकार संसदीय अङ्कगणितमा केन्द्रित हुँदा धरासयी हुँदै गएको अर्थतन्त्र सुधार हुने अवस्था नदेखिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button