तपाईँ सुन्दै हुनुहुन्छः

स्ववियु निर्वाचन : झापामा अनेरास्ववियु पाँच, नेविसंघ चार क्याम्पसमा विजयी

भद्रपुर झापा । झापामा आइतबार सम्पन्न स्ववियु निर्वाचनको परिणाम धमाधम आइरहेको छ । 

अन्तिम परिणाम सार्वजनिक गरिसकेका क्याम्पसहरूमा अनेरास्ववियु अगाडि देखिएको छ ।

हालसम्म अनेरास्ववियुले जिल्लाका पाँच वटा क्याम्पसमा जित निकालिसकेको छ भने नेविसंघले चार वटा क्याम्पसमा विजय हासिल गरेको छ ।

गौरादह कृषि क्याम्पस र गौरीगञ्ज बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ भने कनकाई बहुमुखी सुरुङ्गा, सितारमेश बहुमुखी क्याम्पसमा अध्यक्ष, सचिवसहित केही धेरै सदस्य जितेको छ ।

गौरादह कृषि क्याम्पसको अध्यक्षमा विक्रम तिवारी, गौरीगञ्ज बहुमुखी क्याम्पसको अध्यक्षमा इस्तव हुसेन, कनकाई बहुमुखी सुरुङ्गाको अध्यक्षमा चेतन आचार्य, सितारमेश बहुमुखी क्याम्पसको अध्यक्षमा प्रदिप बर्देवा निर्वाचित हुनुभएको छ । 

त्यसैगरी, गरामनी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल सर्वसम्मत निर्वाचित भइसकेको छ ।

यसैगरी नेविसंघले कनकाई आदर्श क्याम्पस बिर्तामोडमा प्यानलसँगै जितेको छ । नेविसंघका तर्फबाट त्रिदेव बहुमुखी क्याम्पसको अध्यक्षमा अर्जुन गौतम, शनिश्चरे बहुमुखी क्याम्पसको अध्यक्षमा विशाल थापा, कनकाई आदर्श क्याम्पस बिर्तामोडको अध्यक्षमा किरण गुरुङ र इन्द्रचन्द्र क्याम्पसको अध्यक्षमा पवन दाहाल निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, झापाको ठूलो क्याम्पस मेची बहुमुखी क्याम्पसको अध्यक्ष र सचिव पदमा अनेरास्ववियु अगाडि रहेको छ । मेची क्याम्पसमा मतगणना जारी छ । दमकमा अनेरास्ववियु र नेविसंघबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button