तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री किरातीको शब्दमा ‘पहराकी फुल’ (भिडियो) 

काठमाडौँ I संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीद्वारा रचित शब्दमा ‘पहराकी फुल’ विमोचन भएको छ । 

मन्त्री किरातीले सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा म्युजिक भिडियो विमोचन गर्नुभएको हो । उहाँले आफ्नो गाउँको सम्झनामा गीत लेखेको बताउनुभयो । उहाँले भन्नुभयो, “संयोग पनि माला जस्तै रहेछ, एउटा चुँडियो भने सबै भुइँमा झर्ने । हवाई जहाजमा हिँड्दा हिँड्दै गाउँको याद धेरै आयो । त्यही बेला लेखेको गीत हो यो, अहिले पदीय जिम्मेवारीमा रहँदा विमोचन गर्ने अवसर मिल्यो ।”

विमोचन कार्यक्रमका अवसरमा उहाँले आज सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा शहीदहरूको योगदानको स्मरणसमेत गर्नुभयो । “आजकै दिन काभ्रेको अनेकोटमा च्याङ्बा लामासहित चारजना कलाकारले सहादत प्राप्त गर्नुभएको थियो । उहाँहरूको सम्झना र सम्मानमा यो गीत सार्वजनिक गरिएको हो,” उहाँले भन्नुभयो । 

‘पहराकी फुल’ गीतको सङ्गीतकार शान्ति राई, गायक रुपकुमार राई र निर्देशन किरण चाम्लिङ्को रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button