तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरा बहुमुखी क्याम्पसमा प्यानल समेत नेविसंघ विजयी

डडेल्धुरा।डडेल्धुरा बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेपाल विद्यार्थी संघ प्यानल विजयी भएको छ । आइतबार राति सम्पन्न मतगणनाअनुसार नेविसंघको पुरै प्यानल विजयी भएको हो ।

५ सय २३ मत खसेकोमा सभापतिमा नेविसंघका दुर्गाप्रसाद भट्ट ३ सय १० मत पाउँदै विजयी हुनुभएको हो । संयुक्त गठबन्धनका तर्फबाट नेविसंघ (बिपी)का सभापतिका उम्मेदवार मदन बोहराले एक सय ८ मत पाए भने अखिलका गणेश क्षेत्रीले ७० मत पाए ।

यस्तै सचिवमा पनि नेविसंघकै लोकेन्द्र बोहरा, कोषाध्यक्षमा देवकी तमौली र सदस्यहरूमा पुजाकुमारी बोगटी, महेश्वरी भण्डारी, सुरज बिक, दीपिका पन्त र राजेन्द्र पाण्डे विजयी हुनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button