तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाको स्ववियु सभापतिमा हमाल र सचिवमा जैसी निर्वाचित

जुम्ला। करिब डेढ दशकपछि जुम्ला बहुमुखी क्याम्पसले नयाँ स्ववियु सभापति पाएको छ । १४ वर्षपछि आइतबार भएको स्ववियु निर्वाचनमा जुम्ला बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका महेश हमाल निर्वाचित भएका छन् ।

कुल मतदाता सङ्ख्या ७८२ जना रहेको जुम्ला बहुमुखी क्याम्पसमा ५१३ जनाले मतदान गरेका थिए । कुल खसेको मत मध्य १ ४२ मत ल्याउँदै नेविसंघका हमाल सभापतिमा विजयी हुनु भएको हो । अखिल (क्रान्तिकारी) का उम्मेदवार विष्णु भण्डारीलाई ३ मतान्तरले पछि पार्दै हमाल सभापतिमा चुनिएको निर्वाचन अधिकृत प्रकाश चन्द्र खत्रीले बताउनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी अखिल (क्रान्तिकारी) का सभापति उम्मेदवार विष्णु भण्डारीले १३९ मत प्राप्त गर्नुभएको छ ।भने सचिवमा अखिल (क्रान्तिकारी) का जयकृष्ण जैसी निर्वाचित हुनु भएको छ । जुम्ला बहमुखी क्याम्पस निर्वाचन समितिका अनुसार जैसीले १४० मत ल्याएर सचिव पदमा विजयी भएका हुन् उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अनिता नेपालीले १३६ मत प्राप्त गरेको जुम्ला बहुमुखी क्याम्पसले जनाएको छ ।

कोषाध्यक्षमा १५३ मतसहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका उम्मेदवार मेगराज देवकोटा विजयी हुनुभएको छ । सदस्य पदमा सबै माओवाद निकट अखिल (क्रान्तिकारी) का उम्मेदवारले जित हासिल गरेको निर्वाचन अधिकृत खत्रीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button