तपाईँ सुन्दै हुनुहुन्छः

स्ववियु निर्वाचन: कैलालीका सबै क्याम्पसकाे अन्तिम नतिजा सार्वजनिक

धनगढी।स्ववियु निर्वाचन भएको कैलालीका सबै ९ वटै क्याम्पसकाे अन्तिम नतिजा सार्वजनिक भएको छ । स्ववियु निर्वाचन समितिका अनुसार ५ क्याम्पसकाे सभापतिमा अनेरास्ववियु र ४ क्याम्पसकाे स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) ले जित हासिल गरेको छ । यस्तै अन्य पदाधिकारीमा नेविसंघ, अनेरास्ववियु, अखिल (क्रान्तकारी) ले मिश्रित विजय प्राप्त गरेका छन् ।

आइतबार कैलालीकाे ऐश्वर्य बहुमुखी क्याम्पस, लम्की बहुमुखी क्याम्पस, चाैमाला क्याम्पस, बुलबुले क्याम्पस, राष्ट्रिय कलेज, रघुनाथ बहुमुखी क्याम्पस, महुन्याल क्याम्पस, खप्तड बहुमुखी क्याम्पस, घाेडाघाेडी क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो ।

लम्की बहुमुखी क्याम्पस स्ववियु पदाधिकारीमा महिला विजयी

आइतबार भएको स्ववियु निर्वाचन अन्तगत कैलालीकाे लम्की बहुमुखी क्याम्पसकाे सभापति देखि पदाधिकारी सवैमा पदमा महिला उम्मेदवार निर्वाचित हुनु भएको छ । स्ववियु निर्वाचन समितिका अनुसार क्याम्पसकाे स्ववियु सभापतिमा कल्पना तिमिल्सेना विजयी हुँदा सचिवमा पूजा विष्ट र काेषाध्यक्षमा नियुना खनाल निर्वाचित हुनु भएको छ ।

यसैबिचै निर्वाचन स्थगित भएको वीरेन्द्र विधा मन्दिरमा आज स्ववियु निर्वाचन भइरहेको छ । यस्तै कैलाली बहुमुखी क्याम्पस धनगढी र दुर्गालक्ष्मी क्याम्पसमा चैत्र ८ गते स्ववियु निर्वाचन हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button